फेरी गयो धादिङ्गमा भुकम्प , एकैदिन १२० भन्दा बढी पराकम्पन

Facebook
Twitter
WhatsApp

धादिङ्ग । बिहान गएको पराकम्पन पछि धादिङ्गमा निरन्तर पराकम्पन गैरहेको छ ,अहिले ४ बजे पछि पनि फेरी भुकम्प गएको छ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यसपछि सो संख्यामा परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार ६.१ म्याग्निच्युडको धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पको परकम्प हो । त्यसपछिका धक्का भने ६.१ म्याग्निच्युडको परकम्प भएको उनले बताए ।

यसरी मापन गरिएका परकम्प दुई म्याग्निच्युडदेखि माथिका छन् । तीमध्ये सबैभन्दा ठूलो परकम्प ४.४ म्याग्निच्युडको छ । आइतबार अपराह्न ४ बजेर ३ मिनेटमा धादिङकै बनिया आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको धक्का मापन गरिएको उनले जानकारी दिए ।

“६.१ म्याग्निच्युडको धक्का गोरखा भूकम्पको परकम्प हो भने त्यसपछिका अरूचाहिँ ६.१ म्याग्निच्युडको परकम्प हुन्,” उनले बाह्रखरीसित भने ।
केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको धक्कापछि आइतबार दिउँसो साढे ३ बजेसम्म १२२ परकम्प मापन गरिएको थियो । त्यसपछि बनिया आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको धक्कासहित अरू केही अत्यन्तै साना परकम्प थपिएको हुन सक्ने केन्द्रले जनाएको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top