थारु समुदायले आज मनाए दशैँ

Facebook
Twitter
WhatsApp

दाङ –अन्य समुदायले भोलि अर्थार्त कार्तिक ७ गते दशैँ मनाए पनि तराइका थारु समुदायले भने आज कार्तिक ६ गते नै दशैँ मनाएका छन्। दाङका थारु समूदायले यसवर्षको बडादसैं आजै कार्तिक ६ गते हर्षोउल्लासका साथ मनाएका छन् ।

बडादसैंको अघिल्नो दिन थारु समूदायले दसैं मनाउने चलन अनुसार दाङका थारुहरुले टिका र जमरा लगाएर मान्यजनबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिएर मनाएका छन् ।

थारु समूदायले सोमबार बिहानैदेखि पुजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भइ नाँच गान गर्दै बेलुकीपख टिका र जमरा लाएर दसैं मनाउने गर्दछन् ।

यसैबीच लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरस्थित निजी निवासमा आफ्नी आमा र दाइबाट टिका ग्रहण गरे भने त्यहाँ जम्मा भएका थारुसमूदायका युवा युवतीहरुलाई पनि टिका लगाइदिएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top