टाटाले आइफोन बनाउदै

Facebook
Twitter
WhatsApp

एजेन्सी । भारतीय कम्पनी टाटा ग्रुपले भारतमै आईफोन निर्माण गर्ने भएको छ । टाटा ग्रुपले एप्पलको सप्लायर्स विस्ट्रन कर्पको अपरेसनलाई अधिग्रहण गरेर आफैं आईफोन उत्पादन गर्ने भएको हो ।

टाटाले भारतको स्वदेशी बजार र अन्तराष्ट्रिय बजारकै लागि आईफोनको उत्पादन गर्ने भएको हो । साढे दुई वर्षमा टाटाले भारतमा नै आईफोनको निर्माण गर्ने भारतका विद्युत तथा प्रविधिमन्त्री राजीव चन्द्रशेखरले बताएका छन् ।

एप्पलले चीनबाट आफ्नो उत्पादनलाई अन्य देशमा स्थानान्तरण गर्न खोजिरहेको छ । यहीबीच महत्वपूर्ण कदमका रुपमा टाटाले आईफोन निर्माण गर्ने घोषणा भएको हो । यसले भारतको बढ्दै गएको उत्पादन क्षमता र विश्वका ठूला कम्पनीहरुको भारतमा प्रवेशलाई देखाएको छ ।

हाल भारतमा विस्ट्रन कर्पबाहेक फक्सकन र पेन्टागन कर्पले आईफोनको उत्पादन गरिरहेका थिए । अब भने टाटाले विस्ट्रन कर्पलाई प्राप्त गरेर आफैंले आईफोन उत्पादन गर्ने भएको छ ।

भारतका विद्युत तथा प्रविधि मन्त्री चन्द्रशेखरले सामाजिक सञ्जालको माध्यम एक्समा यो विषयको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पिएलआई योजनाले भारतलाई विश्वासिलो र मुख्य स्मार्टफोन हबका रुपमा विकास गर्न सहायता गरेको उनले बताएका छन् । प्रोडक्सन लिंक्ड इनिएसेटिभ सन् २०२१ मा घोषणा भएको योजना हो, जसअन्तर्गत विभिन्न १४ सेक्टरमा भारतलाई अघि बढाउने योजना छ ।

टाटाले झन्डै एक वर्षको छलफलपछि विस्ट्रन कर्पलाई अधिग्रहण गरेको हो । यो भारतकै ठूलो अधिग्रहणको घटना पनि हो । नुनदेखि प्रविधिका सेवाहरुसम्म बिक्री गर्ने १५५ वर्षीय टाटा ग्रुप भारतको अर्थतन्त्रको प्रमुख हिस्साका रुपमा रहेको छ ।

विस्ट्रनले तामिलनाडुमा रहेको आफ्नो कारखानाबाट आईफोनको च्यासिस र अन्य पार्टहरु बनाइरहेको थियो । अब टाटाको अधिग्रहणपछि भने आईफोनको पूर्ण उत्पादन गर्नेतर्फ काम हुने भारतका प्रविधि मन्त्री चन्द्रशेखरले बताएका छन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top