०८ जेठ २०८१, मंगलबार

गोल्डेन इमिनेन्टले गर्यो कोरिया अध्ययनबारे सेमिनार

Facebook
Twitter
WhatsApp

काठमाण्डौ । दक्षिण कोरिया पढ्न जाने नेपालि विध्यार्थिहरुका लागि हिजो एक विशेष सेमिनार कार्यक्रम आयोजना गरिएको छ। चितवनको भरतपुरमा प्रधानकार्यालय रहि काठमान्डौबाट समेत शैक्षिक परामर्श र सेवा प्रदान गर्दै आएको गोल्डेन इमिनेन्टले नेपाली विद्यार्थीहरुका लागि सेमिनार गरेको हो । काठमान्डौको नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न सेमिनारमा ३५० भन्दा बढी विद्यार्थीहरुले परामर्श लिएको गोल्डेन इमिनेन्टका सीइओ प्रकाश रिजालले बताउनुभयो ।

गोल्डेन इमिनेन्टको ब्यवस्थापन तथा दक्षिण कोरियाको Kyungsung University को आयोजनामा भएको सेमिनारमा सो युनिर्भसीटीका डिन डा. HAK-SEON किम, सहायक डिन डा.SANDY तथा विश्वविद्यालयका म्यानेजर सोयोन किमको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले कोरिया अध्ययनबारे बिभिन्न जिज्ञासा राखेका थिए । यूनिर्भसीटीको कोर्ष, अध्ययन पश्चात रोजगारीको अवसर तथा विश्वविद्यालयले गर्ने सहयोगका बारेमा डिन डा. HAK-SEON KIM ले उपस्थित विध्यार्थिहरुलाई परामर्श गर्नु भएको थियो ।

सो अवसरमा वर्ष २०२४ को मार्च इन्टेकका लागि उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुको पहिलो चरणको अन्र्तवार्ता समेत भएको गोल्डेन इमिनेन्टले जनाएको छ ।विगत १० वर्षदेखि नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्ययनका लागि पठाउदै आएको गोल्डेन इमिनेन्टले वर्ष २०२४ का लागि उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्ट मार्फत कोरियाको Kyungsung University जाने विद्यार्थीहरुका लागि २ करोड (कोरिएन वन) बराबरको छात्रबृति प्रदान गर्न यसअघि नै सम्झौता भैसकेको छ ।

गोल्डेन इमिनेन्ट इन्टरनेशलबाट Global Business, Administration, Global IT Engineering, Global Mechanical, Design Engineering, Global Hospitality Management लगायतका विषय अध्ययन गर्न जाने विद्यार्थीहरुले छात्रवृति प्राप्त गर्न सक्नेछन् । विद्यार्थीहको शैक्षिक योग्यताको आधारमा विश्वविद्यालयले न्यूनतम ३० देखि शतप्रतिशत सम्म छात्रबृति प्रदान गर्न सक्ने कन्सलटेंसीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top