रक्सिले मातिएर महिलामाथि दुर्व्यबहार गर्ने डिएसपी निलम्बनमा

Facebook
Twitter
WhatsApp

काठमाडौं । मदिराले मातेर सर्वसाधारण महिलामाथि दुर्व्यवहार गरेका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।

जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा तानिएको छ । उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिम्मेवारी खोस्दै भट्टराईमाथि अनुसन्धान सुरु गरिएको जनाइएको छ । भट्टराईलाई दुव्र्यवहार गरिएको उजुरीका आधारमा कारबाही गरिएको थियो ।

यसअघि इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको भेटिएपछि भट्टराई काराबाहीमा परेका थिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top