नेपालले आइसिसी टी-२० विश्वकपको छनोटमा खेल्ने

Facebook
Twitter
WhatsApp

काठमाडौँ । काठमाडौँमा सोमबारदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा स्पीनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् । सन्दीप हालै सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा खेलेका थिएनन् ।

आगामी अक्टोबर ३० देखि नोभेम्बर ६ सम्म अर्थात् कार्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।

नेपालले पहिलो खेल कार्तिक १३ गते सोमबार सिंगापुरसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने भएको छ ।

नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् । नेपाल यसअघि पहिलो पटक २०१४ को टी- २० विश्वकप खेलेको थियो । यस अघि टी-२० विश्वकपमा १६ देश खेल्दै आएकोमा २०२४ को विश्वकपमा २० देशले सहभागिता जनाउँदै छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top