नुवाकोट – नुवाकोटको शिवपुरी गाउपालिकामा ”लप्सेखोला झरना महोत्सव” हुने भएको छ/ शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्द्रादेविमा रहेको लप्सेखोला झरनालाई पर्यटन केन्द्र बनाउने उद्देश्यका साथ कार्तिक २५ गते सो महोत्सव हुने भएको हो ।
शिवपुरी गाउँपालिका वडा नं. ६ को आयोजना तथा शिवपुरी समुन्द्रा युवा क्लवको व्यवस्थापनमा महोत्सव हुन लागेको हो । यस झरनालाई पर्यटकहरुको आकर्षक गन्तब्यको रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
महोत्सवबाट यस ठाउको प्रचार -प्रसार हुने रआन्तरिक पर्यटन बिकासमा टेवा पुग्ने आयोजकको भनाइ छ।