०७ जेठ २०८१, सोमबार

अब ड्राइभिङ्ग लाइसेन्स बोक्न नपर्ने

Facebook
Twitter
WhatsApp

काठमाडौं । सवारी लाइसेन्स बोकेर हिड्नु पर्ने झन्झट अब भने हट्ने भएको छ। अब नागरिक एपमै भएको लाईसेन्सले पनि सक्कली लाईसेन्स सरह मान्यता पाउने भएको छ । सोमबार नागरिक एपले आफ्नो सामाजिक संजालमार्फत एउटा पोष्ट गर्दै नागरिक एपमा लिंक भएको लाईसेन्सले पनि मान्यता पाउने जानकारी दिएको हो ।

यसअघि नागरिक एपमा भएको लाईसेन्सलाई पनि मान्यता दिनुपर्ने बहस भएको थियो । तर, ट्राफिक प्रहरीले उक्त व्यवस्था कार्यान्वयन गर्न मानिरहेको थिएन । अब भने देशव्यापी रुपमा नै यो कार्यान्वयनमा आएको नागरिक एपले जानकारी दिएको छ ।

नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको नागरिक एपले जानकारी दिएको हो ।

‘यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस,’ नागरिक एपले सामाजिक संजालमा पोष्ट गर्दै भनेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top