प्रथम बेलकोटगढी महोत्सब भोलि देखि

Facebook
Twitter
WhatsApp

नुवाकोट। नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिकाले पहिलो चोटी महोत्सब गर्ने भएको छ।

बेलकोटगढ़िलाई ब्यापार ,पर्यटन ,कृषि र सास्कृतिक पालिकाको रुपमा बिकास गर्ने उदेश्यले महोत्सब यहि कार्तिक १५ देखि २५ गतेसम्म गर्न लागिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको वडा न ५ केउरिनिमा संचालन हुने महोत्सबमा स्थानीय उत्पादन ,कला सस्कृति र बिबिध मनोरन्जनको मज्जा अवलोकनकर्ताले लिन सक्ने आयोजकले जनाएको छ। यसका साथै महोत्सबमा लोक सस्कृतिको पनि जगेर्ना गर्ने उदेस्यले जिल्ला स्तरीय लोक दोहोरि प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ।

यति मात्र नभई महोत्सबभर जिल्लाको विभिन्न राजनीतिक दलका नेताहरु उपस्थिति ,जिल्ला स्तरी कलाकारहरु र अन्य ख्याति प्राप्त राष्ट्रीय कलाकारहरुको सास्कृतिक प्रस्तुति समेत रहने छ। मेलामा स्थानीय र विभिन्न जिल्लाका समेत गरि करिब ५० हजार मान्छेले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ।

मेला स्थल राजधानीबाट एक घण्टाकै दुरीमा रहेको र अवलोकन गरेर सजिलै सोहि दिन फर्कन सक्ने भएकोले पनि राजधानीवासीको उल्लेख्य उपस्थिति रहने जनाइएको छ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top