विश्वकप छनौटमा बिजयी भए सगै सरकारले निकासा गर्यो क्रिकेट खेलाडीको पुरस्कार रकम

Facebook
Twitter
WhatsApp

सरकारले यस अघि क्रिकेट खेलाडीलाई दिने भनेको नगद पुरस्कार निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले सरकारले यस अघि घोषणा गरेको नगद पुरस्कार निकासा भएको र क्रिकेट खलाडी तथा प्रशिक्षकलाई पुग्ने चरणमा पुगेको जानकारी दिएका हुन् ।

केहि कानुनी समस्याका ढिलाई भए पनि अब भने खेलाडी र प्रशिक्षकले पुरस्कार छिट्टै पाउने सदस्य सचिव घिसिङले बताए । सदस्य सचिव घिसिङका अनुसार वैशाखमा भएको एसीसी मेन्स प्रिमियर कप जितेकोमा सरकारले घोषणा गरेको ७९ लाख, अण्डर १९ विश्वकप पुगेकोमा सरकारले घोषणा गरेको ४६ लाख र चैत्रमा सम्पन्न क्रिकेट लिग २ मा शिर्ष ३ मा रहदै विश्वकप छनौट खेल्ने अवसर पाएकोमा घोषणा भएको ३२ लाख ५० हजार गरि कुल १ करोड ५७ लाख रुपैयाँ निकासा भएको छ ।

यस अघि खेलाडीहरुले नगद पुरस्कार घोषणा भए पनि नपाएको गुनासो गर्दै आएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top