पश्चिम नेपालमा अझै ८ ओटा भूकम्पको जोखिम -विज्ञ

Facebook
Twitter
WhatsApp

गए राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति पुन: मानिसहरूको ध्यान तानेको विज्ञहरूले बताएका छन्।

पश्चिम नेपालको भूसतह मुनि ५०० वर्ष यता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका भन्दै विज्ञहरूले त्यसले आठ वा त्यो भन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउनसक्ने क्षमता राख्ने भएकाले पूर्व सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गए राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियो।

त्यसयता शनिवार बिहानसम्म ४ म्याग्निट्यूडका कम्तीमा तीनवटा र त्यो भन्दा साना ३५ वटा भन्दा बढी परकम्पहरू रिकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हालैका महिनाहरूमा पश्चिम नेपालका जिल्लाहरूलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन्।

विज्ञहरूले पाँच सय वर्ष अघि महाभूकम्प गएको उक्त क्षेत्रमा आठ वा त्यो भन्दा बढी म्याग्निट्यूडको शक्तिशाली भूकम्पको जोखिम रहेको बताउँदै आएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top