नुवाकोट। रास्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछाने नुवाकोट आउने तय भएपछी यतिखेर नुवाकोटवासी लामिछानेको दमदार सम्बोधन सुन्न आतुर छन्। पार्टीले पर्सि शनिवार अर्थात कार्तिक २५ गते खुल्ला सभा राख्दै छ, त्यसको प्रमुख वक्ता सभापति लामिछाने हुन्।
पार्टी स्थापना गर्दा आएका लामिछानेको नुवाकोट यो दोस्रो उपस्थिति हो। गत सालको प्रतिनिधि सभाको आम निर्वाचनमा आउने तय भएर पनि आफ्नै निर्वाचन क्षेत्रमा खटिन पर्ने बाध्यताले आम सभा रद्द गर्नु परेको थियो। त्यति बेला देखि नै नुवाकोटवासी रबि लामिछानेको अनूपस्थितिले निरास समेत भएका थिए।
त्यस पछिका समयमा पनि रबि लामिछानेको उपस्थितिलाई यहाका जनताले ब्यग्र प्रतीक्षा गर्दै आइरहेका थिए। तर यसपाली भने ति जनताको पर्खाइको तिर्खा मेटिने भएको छ। यतिखेर २५ गतेको उहाको सम्बोधन सुन्न र आफ्ना मनमा उब्जेका जिज्ञासाहरु रबि समक्ष राख्न यहाका नागरिक आतुर देखिन्छन। ३० औ वर्ष देखि एउतै पार्टी ,एउतै नेतालाई पटक -पटक भोट हालेर पनि नुवाकोटको बिकास कहिलै देख्न र भोग्न नपाएका यहाका जनतामा राष्ट्रिय स्वतन्त्र पार्टीको नुवाकोट उदय पछि भने जनतामा आशा र भरोशा पलाएको देखिन्छ ,यसको ज्वलन्त उदाहरण गएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमालेलाई पछि पार्दै लेराएको जनताको मत नै हो।
यसैबाट प्रस्ट हुन्छ नुवाकोटका जनता अब साच्चिकै परिवर्तनको पक्षमा छन्। यसैका खातिर पनि यसपालिको रबि लामिछानेको सम्बोधन विशेष र महत्वपुर्ण रहेको पार्टीले जनाएको छ। कार्यक्रमको प्रचार -प्रसारमा तिब्र पारेको पार्टीले प्रत्येक गाँउ -गाँउबाट हजारौको संग्ख्यामा जनता उत्रने अनुमान गरेको छ।
पार्टीका विभिन्न संगठनहरुले प्रचारको क्रममा प्रत्येक वडाहरुमा गएर बुझ्दा रबि लामिछानेलाई प्रत्यक्ष हेर्न मात्रै भएनी आफुहरु आउँन चाहेको पाइएको छ। यति मात्र होइन पुराना पार्टीहरुबाट अवसर नपाएका र स्वच्छ छबि बनाएका सयौ युवा कार्यकर्ता रविको हातबाट पार्टी प्रवेश गर्ने योजना बनाएको बुझिन्छ। सार्बजनिक बिदा सगै तिहारको बिदा पनि शनिबारबाटै शुरु हुने भएकोले पनि सभामा ब्यापक जनसहभागिता रहने रास्वपा नुवाकोटले जनाएको छ।
कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको रास्वपा जिल्ला संयोजक रामेश्वर गजुरेलले जनाए। कार्यक्रम २५ गते बिहान बट्टार हावा घरमा १०:३० बजेबाट सुरु हुने जनाएको छ।
नुवाकोटमा रबि लामिछानेको उपस्थिति हुने भएसी यतिखेर नेपालि कांग्रेस ,नेकपा एमाले र माओबादि केन्द्रका स्थानीए नेताहरु आफ्ना कार्यकर्ताहरु समेत पार्टी प्रवेश गर्ने थाहा पाएसि हात धोएर रोक्न लागि परेको बुझिएको छ।