राष्ट्रीय स्वतन्त्र पार्टीकी संसद डा. तोसिमा कार्कीको यसपालिको तिहारको भाइटिका जाजरकोटका भुकम्प पीडितकै सेवामा बित्यो। भुकम्प गएको भोलिपल्तदेखि त्यहाका बासिन्दाको स्वास्थ्य उपचार सेवामा खटिएकी डा. तोसिमा पिडितहरुको त्याहाको अवस्थालाई चटक्कै छोडेर आफुले तिहार मान्न आउँन नसकेको आफ्नो फेसबुक वाल मार्फत जानकारी गराएकी छिन।
भुकम्प पिडितहरुको अवस्था अझै पनि चिसो आकाशमै चाउ चाउको भरमा रहेको र स्वास्थ्य समस्या पनि बढिरहेकोले उनीहरुलाई यो हालतमा छोडेर म आफु कसरि रमाइलो गर्न जाउ -उनले भनेकी छिन चाडबाड त अर्को वर्ष पनि आउछ मान्दै गरौला अहिले मेरो लागि यहाका जनताको स्वास्थ्य सेवा ठुलो कुरा हो।

फेसबुकमा डा. तोसिमाले भनेकी छिन-” घरबाट आमा बुबाले कति फोन गरिहरनु भएको छ ,विदेशबाट पनि दाजुहरु यसपाली साम्सद बैनीको हातबाट टिका लगाउन जाने भनेर आउनुभएको खबर पाए मन रमाइलो त छैन तर मेरो लागि जनता भन्दा चाडबाड ठुलो मान्न सकिन ,यहा टेलिफोनको राम्रो नेटवर्क छैन फोनमा तपाइहरुसग बोल्न पनि पाएन मेरो यहि सन्देशलाई हेरेर बुबा आमाले नि दुखि नहुनु होला र दाजु र भाइले पनि यसपाली काकाहरु पटिको दिदि बैनिसग टिका लगाउनुहोला उनले पोस्ट गरेकी छिन”।
डा.तोसिमा कार्की भुकम्प गएदेखिको आफ्नो स्वास्थ्य टिम सहित पिडितहरुको सेवामा खटीरहेकी एक मात्र साम्सद हुन्। उनले त्यहा आफ्नो पार्टीको जिम्मेवारी भन्दा पनि आफुले जानेको डाक्टरी सेवाप्रतिको जिम्मेवारी कुशलतापुर्वक निभाइरहेकि छिन।
तिहारको भाइटीकामा समेत आफ्नो घर नआइ भुकम्प पिडितको सेवामा खटिएको देख्दा यतिखेर उनको प्रशंसा झन् चुलिएको छ। उनले आफुलाई सबै भन्दा मन पर्ने चाड तिहार भएको र अब आउने वर्षहरुमा सबै दिदिबहिनिहरुका दाजुभाइहरुलाई नेपाल फर्काइ सबैले टिका लगाउन पाउने अबस्थाको शुरुवातमा आफु लागेको पनि बताएकी छिन।