१४ जेठ २०८१, सोमबार

टिकटकले भिडियो हटाउन सक्ने अधिकार नेपाल सरकारलाई पहिले नै दिएको जानकारी, आखिर किन भयो त बन्द नै ?

Facebook
Twitter
WhatsApp

सरकारले टिकटक बन्द गर्दा त्यसको मिश्रित प्रतिक्रिया आइरहेको छ। तर सरकारले टिकटक माथि जुन आरोप लगाएर बन्द गरेको भनेको छ त्यो झुट भएको पत्ता लागेको छ। टिकटकले नेपाल सरकारलाई आफ्नो देशको कानुन बिपरितका कुनै पनि भिडियो वा जुनसुकै कन्टेन्टलाइ हटाउन सक्ने एक्सेस दिदा दिदै पनि किन बन्द नै गर्यो यो भने आश्चर्यको कुरो छ।

टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई कुनै पनि कानुन विपरीतका कन्टेन्ट हटाउने गरी सिधै रिक्वेस्ट गर्न सक्ने विशेष पोर्टलमा एक्सेस दिएको पत्ता लागेको हो ।

गत कात्तिक १७ गते गृह मन्त्रालयमा भएको छलफलमा टिकटकको सिंगापुरस्थित मुख्यालयका प्रतिनिधिले यस्तो कन्टेन्ट हटाउने आग्रह गर्ने विशेष अधिकार दूरसञ्चार प्राधिकरणलाई दिइएको बताएका हुन्।

उक्त दिनको छलफलमा विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रहरी, सेना र दूरसञ्चार प्राधिकरणबाट प्रतिनिधि समेत सहभागी भएका थिए।

गृह मन्त्रालयमा भएको छलफलमा टिकटकका कर्मचारीहरूले आफ्नो विश्वभरको उपस्थिति र एआईको प्रयोगबाट गरिने कन्टेन्ट फिल्टरिङबारे जानकारी दिएका थिए।

साथै एआईले डिटेक्ट नगरेको भिडिओमा प्रयोगकर्ताले उजुरी गरेको अवस्थामा ‘म्यानुअल रिभ्यु’ गर्ने गरिएको जानकारी दिएको थियो।

छलफलमा सहभागी एक अधिकारीका अनुसार टिकटकले तीन तहमा ‘कन्टेन्ट फिल्टरिङ’ हुने बताएको थियो।

पहिलो चरणमा एआईको प्रयोग गरेर मेसिनबाटै ‘कन्टेन्ट फिल्टरिङ’ गरिने, दोस्रो चरणमा प्रयोगकर्ताको उजुरीका आधारमा टिकटकले नै ‘म्यानुअल रिभ्यु’ गर्ने र तेस्रो चरणमा अदालतहरूका आदेश र विभिन्न सरकारहरूले कानुनबमोजिम नभएको भन्ने उजुरीका आधारमा फिल्टरिङ गर्ने जनाएको थियो।

छलफलमा नेपाल प्रहरीको साइबर ब्युरोले टिकटकको डेटामा आफ्नो पहुँच हुनुपर्ने बताएको थियो। तर जवाफमा टिकटकले सिङ्गापुरमा आफ्नो सर्भर रहेको र उक्त सर्भरको डेटामा पहुँचका लागि सिङ्गापुरसँग नेपालले द्विपक्षीय (एमएलएटी) सम्झौता गर्नुपर्ने जवाफ दिएको थियो। सम्झौता नभएको अवस्थामा पनि नेपालको अदालतले कुनै प्रयोगकर्ताको डेटा मेट्न आदेश दिएको अवस्थामा मेट्न सकिने बताएको थियो।

छलफलमा सञ्चार मन्त्रालयले ‘डेटा प्रोटेक्सन’ र सामाजिक सञ्जालसम्बन्धी कानुन बनाउने होमवर्क भइराखेको बताएको थियो। टिकटकले नेपालले बनाउने कानुन आफूले स्वीकार गर्ने स्पष्ट गरेको थियो। साथै सरकारसँग सम्पर्कका लागि सम्पर्क व्यक्ति (पोइन्ट अफ कन्ट्याक्ट) तोक्ने जवाफ दिएको थियो।

स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटकले अहिले नै ‘कन्टेन्ट ब्लक’ गर्ने रिक्वस्ट पठाउन टिकटकले उपलब्ध गराएको विशेष पोर्टलको प्रयोग गर्ने गरेको छ। यसरी सरकारले अहिले पनि दूरसञ्चार प्राधिकरणमार्फत् टिकटकलाई ‘हटाऊ’ भनेको कन्टेन्ट हटाउने गरेको छ। तर यसरी कन्टेन्ट हटाउँदा समेत सरकारले हठात् टिकटक बन्द गरेको खुलेको हो। यस्तो पोर्टलमा कुनै पनि युजरले राखेको भिडिओ नेपालको कानुन विपरीत भए तत्कालै हटाउनका लागि प्राधिकरणले रिक्वेस्ट गर्न सक्छ।

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top