हरिवोधनी एकादशीमा नुवाकोटमा शंख बजाउने प्रतियोगिता हुदै

Facebook
Twitter
WhatsApp

 

नुवाकोट । नुवाकोट जिल्लामा शंख बजाउने प्रतियोगिता हुने भएको छ । आगामी मंसिर ६ गते विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा शंख बजाउने प्रतियोगिता हुने भएको हो ।

स्थानिय मौलिक कला संस्कृतिको जगेर्ना गर्न भन्दै नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले प्रतियोगिता आयोजना गर्न लागेको हो । हरिवोधनी एकादशीको अवसर पारेर प्रतियोगिता गर्न लागिएको हो ।

सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ जिल्लामै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को आयोजना गर्न लागिएको आयोजकले दाबी गरेको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद दशहजार हजार रुपैयाँ, द्वितिय हुनेलाई सातहजार रुपैयाँ, तृतीय हुनेलाई पाँच हजार रुपैयाँ, र सान्त्वना तिन हजार रुपैयाँ नगद र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top