हिजोको प्रदर्शन सानो झलक मात्र ,आधिबेहेरी आउँन बाँकी – ओली

Facebook
Twitter
WhatsApp

काठमाडौँ, मंसिर ८-

युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा युवा संघले हिजो  गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरेका छन् ।

आज (शुक्रबार) काठमाडौंमा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरे । ‘प्रतिक्रियावादीहरुले चुनावमा भेट हुने भन्छन् भने भेटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठिक छ, सडकमै भेटौं’ एमाले अध्यक्ष ओलीले भने, ‘दिन र ठाउँ तोकेर भेट्न तयार छ युवा संघ ।’

त्यस्तै नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’

नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top