काठमाण्डु– दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाण्डुको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ ।
काठमाण्डु जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो । हिजो बेलुका प्रसाइका प्रतिनिधि र सुरक्षा निकायसगको छलफ़लपछि उक्त स्थानमा सभा गर्न दिने निर्णय भएको हो , तर, कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका धेरै जसो वासिन्दाको घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।
कार्यक्रम स्थल छिर्ने हरेक नाकामा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर समेत परिचालन गरिएको छ ।