नुवाकोट – आठौँ नुवाकोट महोत्सव आगामी माघ २६ गतेदेखि फागुन ७ गतेसम्म हुने भएको छ । महोत्सब हरेक साल नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गर्ने गरेको छ ।
स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनका लागि हरेक साल महोत्सव आयोजना हुने गरेको छ। नुवाकोटमा खास गरि आर्थिक कारोबारलाई चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।
सदरमुकाम विदुरमा हुने महोत्सवमा विभिन्न खेल, नृत्य, लोकदोहोरी, विज्ञानप्रविधि प्रदर्शन लगायतका प्रतियोगिता हुने भएको छ ।महोत्सवको लागि ३० उपसमिति गठन गरिएको छ ।
२५० वटा स्टल रहने महोत्सबमा विदुर नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समिति प्रवर्धक रहेका छन्।