राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको बुझिएको छ।
रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था अनुसार वैशाख १० को उपनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउन लागिएको महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी एक नेताले जानकारी दिए।
त्यस्तै, रास्वपाले ११ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्ने तयारी गरेको छ। रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ।
विधानको धारा २३ अनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सक्ने छ।
अहिले रास्वपामा निर्वाचित २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समितिमा रहेकोले केही साम्सदलाई केन्द्रीय समितिमा तान्ने तयारी गरेको छ।