नुवाकोट रेडक्रसले तार्केस्वर वासीलाई निःशुल्क रक्त सेवा दिने

Facebook
Twitter
WhatsApp

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा- नुवाकोटले तारकेस्वर गाउपालिकालाइ अब बिना शुल्क रगत उपलब्ध गराउने भएको छ।

हिजो मङ्सिर १४ गते नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा -नुवाकोटका सभापति हरि श्रेष्ठ र पालिका अध्यक्ष शिब अधिकारिबीच निःशुल्क रक्त सेवा सम्बन्धि सम्झौता गरिएको हो।

आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि तारकेस्वरवासिले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाबिच नि :शुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको रेडक्रस सभापति हरि श्रेष्ठले बताए ।

पालिकासग भएको सम्झौता अनुसार सम्बन्धित तारकेस्वरवासिलाई अस्पतालमा उपचार गराउदा चाहिने रगत नुवाकोट रक्त सन्चार सेवा केन्द्रले नि :शुल्क उपलब्ध गराउने छ। यो सेवा यहि आर्थिक वर्षभरी उपलब्ध हुने सम्झौतामा भनिएको छ।

यो सेवा लिनको लागि सम्बन्धित पालिकावासी भएको प्रमाण खुल्ने नागरिकता वा घर जग्गा कर तिरेको कागजातलाइ प्रमाण मानिने जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top