उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले फेसबुक लगायत अन्य सामाजिक सञ्जाल पनि सरकारले बन्द गर्न लागेको भन्ने चर्चा सत्य नभएको बताएका छन् ।
भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले मन्त्री श्रेष्ठले टिकटक बाहेक अन्य सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा सरकारले नगरेको बताए।
अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन चै गर्छौँ – उनले भने, ‘हामी स्वतन्त्रलाई कुण्ठित गर्दैनौँ बरु हामी यसलाई नियमन गर्ने दिशातर्फ मात्रै गइरहेका छौँ ।