टिकटकमाथिको प्रतिबन्धले एनसेललाई दैनिक एक करोड घाटा

Facebook
Twitter
WhatsApp

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका कारण निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई दैनिक एक करोड रुपैयाँको घाटा हुन पुगेको छ । कम्पनीको जानकारी अनुसार टिकटक प्रतिबन्धको असरले एनसेलको डेटा तर्फको आम्दानीमा ठूलो धक्का लागेको हो ।

केहि दिन अघि मात्र सामाजिक सद्‌भाव र वातावरणमा नकारात्मक असर पारेको भन्दै सरकारले टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले देशमा रहेका टेलिकम कम्पनी र इन्टरनेट सेवा प्रदायकलाई टिकटकमाथि प्रतिबन्ध लगाउन बाध्य पारेको छ ।

“टिकटक प्रतिबन्धले डेटा तर्फको आम्दानी दैनिक एक करोडले घट्न थालेको एनसेलको दाबि छ। यो प्रतिबन्ध जारी रहेको खण्डमा वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको बिजनेस गुम्ने देखिन्छ। यहि अवस्था मुल्यान्ग्कन गर्दै ८० प्रतिशतका शेयर होल्डर कम्पनि बाहिरिएको अनुमान गरिएको छ।

टिकटक नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल हुनुका साथै यसले देशको कूल इन्टरनेट ब्यान्डविथ मध्ये ३० देखि ३५ प्रतिशत खपत गर्दै आएको थियो । मोबाइल सेवा प्रदायकको डेटा व्यवसायमा भने टिकटकको योगदान ४० प्रतिशत हाराहारी रहेको नेपाल टेलिकमले जनाएको छ ।

“अकामाईको सीडीएनमा ८० प्रतिशत क्याश डेटा टिकटककै रहेको थियो, जसका लागि हामीले पैसा पनि तिर्नु पर्दैन थ्यो,” टेलिकमका एक अधिकारीले भने, “अन्तर्राष्ट्रिय ब्यान्डविथ समेत गर्दा टिकटकको योगदान ४० प्रतिशत थियो ।”

उनका अनुसार टिकटक डेटा बिजनेसमा मुख्य ‘कन्ट्रिब्युटर’ तथा ‘कन्टेन्ट’ (इन्टरनेट सामग्री) रहेकोमा त्यसमाथि प्रतिबन्ध लाग्दा अवश्य पनि त्यसको केही असर कम्पनीको व्यवसायमा पर्न सक्छ । “तर आम्दानीमा कति असर पर्छ भन्ने कुराको लेखाजोखा भने गरिसकेका छैनौं,” उनले अगाडि भने ।

एनसेलको आन्तरिक विश्लेषणलाई आधार बनाउँदा टिकटकमाथिको प्रतिबन्ध कायम रहेको खण्डमा नेपाल टेलिकम र एनसेल गरी दुवै कम्पनीको कूल वार्षिक आम्दानी छ अर्ब हाराहारीले घट्ने देखिन्छ । जसमा राज्यले प्राप्त गर्ने रोयल्टी, भ्याट, दूरसञ्चार सेवा शुल्क, ग्रामीण दूरसञ्चार विकास कोष लगायत गरी अढाई अर्बको घाटा राज्यलाई समेत पर्नेछ ।

डेटातर्फको आम्दानी बढाउनु पर्ने बाध्यतामा रहेका टेलिकम कम्पनीहरूलाई मुख्य कन्टेन्टको रूपमा रहेको टिकटक माथि नै प्रतिबन्ध लागेपछि अर्को चुनौती थपिएको हो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top