कोरियाबाट १६ हजार नेपालीको माग

Facebook
Twitter
WhatsApp

काठमाडौं । उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरियाले करिब १६ हजार नेपाली कामदार माग गरेको छ । ईपीएस कार्यालय शाखाले कोरियन भाषा परीक्षामा १५ हजार ८ सय ४८ कामदार माग गरेको हो ।

रोजगार अनुमति प्रणाली अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारमूलक क्षेत्रमा कामदार माग गरेकाले ईपीएस कोरिया शाखा कार्यालयले आवेदन माग गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई उत्पादनमुलक कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने सम्बन्धमा एचआरडी कोरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन इच्छुक योग्य नेपाली नागरिकहरुले आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

भाषा परीक्षाका लागि आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।

दोस्रो चरणमा भाषा परीक्षणको नतिजा प्रकाशनपश्चात प्रकाशित गरिनेछ ।
पहिलो चरणमा सम्बन्धित क्षेत्रमा उत्तिर्णाङ्ग प्राप्त गर्नेहरु मध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिनेछ ।

एचआरडी कोरियाले नेपालबाट उत्तीर्ण गराउने अनुमानित कोटा १५ हजार ८ सय ४८ जना तोकेको छ । आवेदनका लागि पौष २ गते देखि ६ गतेसम्म तोकेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top