बैकल्पिक सवारी साधन पोडवे आउदै

Facebook
Twitter
WhatsApp

अहिले भैरहेका सवारी साधनको बिकल्पमा पोडवे आउने भएको छ।

पोडवे नेपाल कम्पनीले ‘पोडवे’ प्रविधि नेपाल भित्र्याउने तयारी गरेको छ ।रेलको जस्तै आकासमा सेवा दिने पोडवेले मानिस आवातजावत र सामान ढुवानीको दुबैको सुविधा दिनेछ।

नेपाल सरकारले अनुमति दिएमा एकै पटकमा देशका विभिन्न ६/७ वटा स्थानबाट पोडवे सञ्चालनको गर्ने योजना कम्पनीले बनाएको थियो । तर, सरकारले ऐन, कानून बनाउन ढिला गरेसँगै कम्पनीले लुम्बिनीलाई पाइलट प्रोजेक्टको रुपमा विस्तार गर्ने तयारी गरेको छ ।

कम्पनीले पहिलो चरणमा लुम्बिनी प्रदेशबाट पोडवे सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।

कम्पनीले लुम्बिनीमा ६ किलोमिटर लामो पोडवे बनाउने निर्णय गरेको छ । ‘कम्पनीले कोशी लगानी प्राधिकरणमा ८३ किलोमिटर सञ्चालनका लागि प्रस्ताव गरेको छ । काठमाडौं उपत्यकामा पनि विभिन्न चरणमा सञ्चालनका लागि छलफल गरी एक सय किलोमिटर बनाउने तयारी गरेको थियो । तर, नीतिगत अभावका कारण अघि बढ्न सकेको छैन,’कम्पनीका उपाध्यक्ष नील भट्टराईले भने ।

लुम्बिनीको पाइलट प्रोजेक्ट आयोजनाका लागि २ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने तयारी भएको उनको भनाइ छ । कम्पनीले आगामी ९ महिनाभित्र डीपीआर तयार गर्ने र त्यसपछि निर्माणको कार्य अगाडि बढ्ने उनको दाबी छ । एक वर्षभित्र पूर्वाधार निर्माण गरी अगाडि बढ्न सक्ने उनले जानकारी दिए ।

पोडवेमा सामूहिक लगानी गर्ने हो भने करिब १० वर्षमा देशभर उक्त सेवा विस्तार गर्न सकिने उनको भनाइ छ । अन्य यातायातको पूर्वाधार विकास गर्न निकै खर्चिलो हुँदा उक्त लगानीको २० प्रतिशतमात्रै पोडवेमा लगानी गरे यातायात क्षेत्रमा ठूलो परिवर्तन आउने उनी बताउँछन् ।

लागत कम, छिटो र सहज ढंगले यात्रा गर्न सक्ने प्रविधिमा सरकारको तवरबाट कार्य तीब्र गतिमा भए डेढ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी हुने उनले बताए ।

प्रतिघण्टा १५० किलोमिटरको गति

रेलको सुविधा जस्तै सेवा दिने पोडवेको गति प्रतिघण्टा १५० किलोमिटर छ । भारतमा सञ्चालनमा रहेको रेलको प्रतिघण्टा एक सयदेखि १०२ किलोमिटर गति हुन्छ । पोडवे रेलभन्दा बढी गतिमा सञ्चालन हुनेछ ।

पोडवे सञ्चालनका लागि छुट्टै ट्र्याकको व्यवस्था हुनेछ । जुन स्वाचालित हुनेछ । आवातजावतको छुट्टैछुट्टै रुट हुने भएकाले केबलकारको जस्तै पोडवेले सुविधा दिनेछ ।

पोडवे एआईले कन्ट्रोल हुने भएकाले सेवा अटोमेटिक हुनेछ । त्यसमा कस्ट एण्ड कन्ट्रोलमा मानिसको भूमिका हुनेछ । पोडवेको प्रत्येक दुई किलोमिटरमा स्टेशन हुनेछ । पोडवे स्टेशनमा रोक्ने तथा झर्ने समयमा अटोमेटिक सुविधा दिनेछ । पोडवेमा कुनै पनि स्टेशनमा कोही यात्रु झर्नु र रोक्नु छैन भने जानकारी दिएमा नरोकी जान्छ। जसमा कम्प्यूटरको सहायताले सेवा प्रदान हुन्छ ।

पोडवे निर्माणका लागि जग्गा विवाद अर्थात् मुआब्जाको कुरा नआउने भएकाले निर्माणका लागि सबैभन्दा सहज हुने उनको दाबी छ । ‘पोडवे सञ्चालनका लागि बाटोको माथिमाथि वा करिडोर भए पनि हुन्छ । पोडवे आकाशमा नै चढ्ने तथा ओरल्ने हुँदा जग्गाको विवाद आउँदैन’ उनले भने ।

तर, त्यसका लागि बाटो वा पेटी र करिडोरमाथिको सञ्चालनका लागि सरकारले अनुमति दिन जरुरी छ । अहिले पोडवे बेलारुस र अमेरिकामा सञ्चालन भइरहेको छ । त्यस्तै, मौरिसस, मलेसियामा अध्ययन भइरहेको छ भने भारतले पनि ३ सय किलोमिटर लामो पोडवे सञ्चालन गर्ने घोषणा गरेको छ ।

पोडवेमा एक पटकमा ४२ जना यात्रुले यात्रा गर्न सक्नेछन् । जसमा एक घण्टाको समयमा ५० हजारको संख्यामा आवतजावत गर्न सक्ने भट्टराई बताउँछन् । कम्पनीले ५० वटा पोडको व्यवस्था गरेमा एक पटकमा २ हजार मानिस अट्नेछन् ।

रेल एउटा स्टेशनमा ३ मिनेटदेखि ५ मिनेटसम्म रोक्छ भने पोडवे १५ सेकेन्ड मात्रै रोकिन्छ । १५ सेकेन्डभित्र चढ्ने र ओरल्ने काम गर्नुपर्नेछ । सर्भिस स्पिड एआईले कन्ट्रोल गर्ने भएकाले रियल टाइममा नै यात्रु तोकेको स्थानमा पुग्ने भट्टराई बताउँछन् ।

‘सबैले दिगो र पुहुँचयोग्य यातायातको सुविधा हुनुपर्छ । अहिले नेपालका निजी क्षेत्रले लगानी गर्ने तयारी गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रको लगानीले नपुगेको खण्डमा विदेशी लगानी भित्र्याउने कम्पनीको योजना छ । कम्पनीसँग विदेशी लगानीको पनि सुनिश्तिता छ ।’

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top