नबिल बैंकमा अब आफैले चेक क्लियरिङ गर्न सकिने

Facebook
Twitter
WhatsApp

काठमाडाैं । नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आउटवार्ड क्लियरिङ चेक ग्राहक आफैँले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने सुविधा ल्याएको हो ।

यो सुविधा सञ्चालनमा आएसँगै ग्राहकले आफ्नो समयअनुकूल कार्यालय समयबाहेकका समयमा पनि विनाझन्झट चेक डिपोजिट गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्वस्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रूपमा लाभ लिने बैंकले विश्वास व्यक्त गरेको छ ।

हाललाई यो सुविधा काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर चार गरी १० वटा शाखामा उपलब्ध रहेको जनाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top