अनलाइनको नाममा ठगि धन्दा गर्ने एक जना पक्राउ

Facebook
Twitter
WhatsApp

काठमाडौँ । पछिलो समय अनलाइन व्यापारको नाममा ठग्ने काम बढिरहेको छ। यस्तै कार्यमा संलग्न भै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठ रहेका छन् ।

उनले फेसबुक, टिकटक, इन्स्ट्राग्रामको मार्केट प्लेसमा अनलाइन खाता खोली आईफोन १२ प्रो, आइफोन १३ प्रो जस्ता मोबाइलहरू बिक्रीमा राखेर विभिन्न बहानामा ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । सो उजुरीमो आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

उनले विभिन्न व्यक्तिबाट ८ लाख ४ हजार ९८५ रुपैयाँ ठगी गरेको पाइएको भन्दै रेग्मीले अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top