बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत भेटिइन्

Facebook
Twitter
WhatsApp

२२ मंसिर, धनगढी । बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् ।

सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले जानकारी दिए ।

डीएसपी गिरीले असोज २५ गतेदेखि बेपत्ता महराको शव सामुदायिक वनमा भेटिएको पुष्टि गरे ।उनका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको कंकाल फेला परेको हो ।महराका परिवारले लुगाका आधारमा उनको पहिचान गरेको प्रहरी जनाएको छ ।

महरा घरबाट गोठालो गएका बेला असोजमा हराएकी थिइन् । मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top