रास्वपाको महाधिवेशन प्रक्रिया सुरु हुँदै

Facebook
Twitter
WhatsApp

२८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ ।

सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका-१ मा सहमन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका-६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका-१३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन् ।

यस्तै, पोखरा महानगरपालिका-१० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका-११ मा महामन्त्री मुकुल ढकाल, बारा जीतपुर सिमरा उपमहानगरपालिका-२ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका-२० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top