विदुर/नेपालि काङ्ग्रेस नुवाकोटको जिल्ला सम्मेलन पुस २ गते विदुरमा हुने भएको छ । विधान संसोधन पछिको यो पहिलो सम्मेलन हो।
जिल्ला कार्यसमितिको अनुसार सम्मेलनको उद्घाटन पार्टी कार्यालय विदुरमा नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने पार्टीले जनाएको छ ।
जिल्ला पार्टी सभापति रमेशकुमार महतका अनुसार उद्घाटन कार्यक्रमका विशेष अतिथिका रूपमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पनि आउने जानकारी दिनुभयो ।
उक्त दिनको सम्मेलनमा जिल्लाका केन्द्रिय स्तरका नेताहरु डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामा लगायत सह महामन्त्री डिना उपाध्याय र बागमती प्रदेश सभापति इन्द्र बानियाँको समेत उपस्थिति रहने आयोजक कमिटीले जनाएको छ। सम्मेलन बिपी स्मृति भवन विदुरमा हुने आयोजक कमिटीले जनाएको छ।