काठमाडौं महानगरपालिकाको मङ्सिर २८ गते देखि सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयनमा नआउने भएको छ। कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आज आन्तरिम आदेश दिएको हो।
शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले महानगरपालिकालाई विपक्षी बनाई श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा दायर गरेको रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गते जारी गरेको निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी बिक्रीवितरण समेतमा पूर्ण प्रतिबन्ध लगाउदा सम्बन्धित उद्योगमा अपुरणीय क्षति पुग्न सक्ने भन्दै यस्तो आदेश दिएको हो।