सर्वोच्चबाट चोखै निस्कन चाहन्छु : प्रस्तावित न्यायाधीश पौडेल

Facebook
Twitter
WhatsApp

१ पुस, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चबाट अवकाश हुँदा चोखो रहने आफ्नो चाहना भएको बताएका छन् ।

आइतबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले न्याय क्षेत्रमा ३० वर्ष काम गरेको र अब बाँकी साढे ६ वर्षको समय पनि निष्ठा र इमान्दारीमा रहेर काम गर्ने बताएका हुन् ।

प्रस्तावित न्यायाधीश पौडेलले भ्रष्टाचारले राज्यको आत्मा नै मार्ने आफ्नो धारणा रहेको पनि बताए । ‘हिंसाले राज्यको आत्मालाई अपांग बनाउँछ, भष्टाचारले राज्यको आत्मा नै मारिदिन्छ, मेरो अनुभूति त्यो किसिमको छ’ उनले भने, ‘आजसम्म ३० वर्ष काम गरेँ । निष्ठा र इमान्दार रहेर काम गरेँ, मेरो बाँकी साढे ६ वर्ष छ, चोखो भएरै निस्कन चाहन्छु ।’

यसअघि उच्च अदालतको न्यायाधीश रहेका पौडेलले अदालती शुल्कका कारण नेपालको न्याय महंगो नभएको बताए । समयमा मुद्दा सुनुवाइ नहुने, तारेख धाइरहनुपर्ने र वकिलको शुल्कका कारण न्याय महंगो भएको उनको भनाइ छ ।

‘अदालतमा लाग्ने शुल्कका कारण न्याय महंगो भएको होइन, महंगो हुनुको धेरै कारण छन् । विलम्ब भयो भने अदालत जानुपर्‍यो, बस भाडा चाहियो, वकिलको फि तिर्नुपर्‍यो’ उनले भने ।
कानुन व्यवसायीले पनि कसैले धेरै र कसैले कम शुल्क लिने गरेको गुनासो आएको भन्दै उनले यसलाई व्यवस्थित गर्न संसदले कानुन बनाउन सक्ने बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top