नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ललितपुर शाखाको 8 औं अधिवेशनबाट अरविन्द सिहंको नेतृत्वमा सर्वसम्मतले निर्वाचित भएको छ। सिंह अघिल्लो कार्यकालका उपाध्यक्ष हुन् भने उपेन्द्र देब ढकाल अध्यक्ष थिए।
निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा बिरेन्द्र बज्राचार्य,सचिवमा सनम कुमार महर्जन,कोषाध्यक्षमा मुकुन्द बजगाई र सदस्यहरुमा अजित कुमार थापा, विनोद कुमार भट्टराई ,दिवस महर्जन ,योजना हमाल रहेका छन्।
निर्वाचित कार्यसमितिलाई इक्यान केन्द्रका अध्यक्ष शेषराज भट्टराइ ले बधाई दिदै सफल कार्यकालको लागि शुभकामना दिनु भएको थियो।
ईक्यान वैदेशिक शिक्षा परामर्शदाता सस्थाहरुमध्ये सबै भन्दा ठुलो र जेठो सस्था हो। यसको संजाल देशको प्रमुख शहरहरु सबैमा शाखाको रुपमा स्थापित रहदै आएको छ।