हिमालयन रिको आईपीओ बाँडफाँट : ३० कित्तासम्म मागेजतिले पाए

Facebook
Twitter
WhatsApp

सर्वसाधारणका लागि जारी भएको हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन् । ३० कित्तासम्म माग गर्नेले माग गरेजति नै पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

 

 

१० कित्ताका लागि आवेदन दिनेले १० कित्ता नै पाएका छन्, २० कित्ताका लागि आवेदन दिनेले २० कित्ता नै पाएका छन् भने ३० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता नै पाएका छन् । ४० वा सोभन्दा बढी माग गरेहरुमध्ये २९ हजार २१ जनाले ४० कित्ताका दरले पाएका छन् भने बाँकीले ३० कित्ताका दरले पाएका छन् ।

 

 

आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएकोमा ८ हजार ६५५ वटा आवेदन रद्द भएको थियो । १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृति भएको थियो । आवेदन स्वीकृत भएका यी सबैले सेयर पाएका हुन् ।कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन खुलाएको थियो । यसको नतिजा केही बेरपछि मेरो सेयरको आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top