पार्टीको बैठकमा झलनाथले भने : उमेर हदको सान्दर्भिकता नै देखिंदैन

Facebook
Twitter
WhatsApp

११ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उमेर हदको सान्दर्भिकता नै सकिएको बताएका छन् ।

७० वर्षे उमेर हदको पालना नभएकाले यसको सान्दर्भिकता नै सकिएको खनालको भनाइ छ । ‘नवौं महाधिवेशनमा उमेर हद राख्यौं, तर युवा नेता नै जन्माउन सकिएन’ खनालले भने, ‘यसो हेर्दा उमेर हदको सान्दर्भिकता नै सकियो । लागू गर्न सकिएन ।’

पार्टीमा अहिले ६० वर्षमाथिका नेताहरु ७२ प्रतिशत रहेकाले केन्द्रीय कमिटीमा युवाहरु ल्याउन वैधानिक व्यवस्था गर्नुपर्ने खनालले बताए । ‘४० प्रतिशत युवा आउने भन्ने भइसकेको छ । यसमा थप छलफल गरौं’, खनालले भने ।

आगामी महाधिवेशनमा पेश हुने विधानको व्यवस्थाबारे छलफल गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको एक ब्यांक्वैटमा बसिरहेको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top