जन्मकैद सजाय पाएका सिराहाका इब्राहिम मिया पक्राउ

Facebook
Twitter
WhatsApp

१२ पुस, जनकपुरधाम । सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।

फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो ।

खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो ।

फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिराहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो ।

अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top