गौशालाबाट हराएकी २ वर्षीया बालिकाको भक्तपुरबाट उद्धार

Facebook
Twitter
WhatsApp

१२ पुस, काठमाडौं । गौशालास्थित पशुपति मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको छ ।

उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी थालेको थियो ।

त्यसक्रममा बिहीबार बालिकालाई भक्तपुरबाट उद्धार गरेर एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । उनले भने, ‘पक्राउ परेका व्यक्तिलाई स्वास्थ्य जाँचका लागि पठाएका छौं ।’

पक्राउ परेका व्यक्ति चिया पसलमा नियमित आइराख्थे । उनले प्रहरीसँग बालिका आफ्नो छोरी भएको दाबी गरेका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनको मानसिक अवस्था ठीक नभएको जस्तो बुझिन्छ, स्वास्थ्य जाँचपछि केही थाहा होला ।’बालिका लिएर उनी पठाओमा गएको देखिएको थियो । पछि सीसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top