काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका ६ सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार, बागमतीबाट नुवाकोटका नेता श्रीकृष्ण अधिकारी (विवेक शर्मा) लाई उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ भने अन्य प्रदेशमा पनि उम्मेदवार टुंगो लगाएको छ ।
राजनीतिको शुरुवाती देक्गी नै परिवर्तनको पक्षमा ओकालत गर्दै आएका नुवाकोटका अधिकारी त्यागी, निष्ठावान, इमान्दार नेता मानिन्छन् । माओवादी जनयुद्धको सुरुवाती समयदेखि आन्दोलनमा भूमिगत भएर होमिएका उनले अहिलेसम्म कुनै पनि पदमा अवसर पाएका थिएनन् ।
क्रान्तिकारी विचारमा सदैव दृढ र बिचारमा अढीग रहने स्वभावका अधिकारीमा इमानदार राजनितिग्यका कारण माओवादीले राष्ट्रिय सभामा यो अवसर दिएको मानिएको छ । अधिकारि हाल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा उपत्यका समन्वय प्रदेशका अध्यक्ष समेत रहेका छन्। अधिकारीले जनयुद्धकै क्रममा आफ्नो आँखासमेत गुमाउन पुगेका थिए ।