१४ जेठ २०८१, सोमबार

नियमन आयोगले फेरि भन्यो- ट्रंक लाइनको पूर्वसर्त पूरा भएको छैन भने महसुल तिर्नुपर्दैन

Facebook
Twitter
WhatsApp

२४ पुस, काठमाडौं । विद्युत् नियमन आयोगले ट्रंक लाइनको सन्दर्भमा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले तोकेका पूर्वसर्त पूरा नभएको अवस्थामा विद्युत् प्राधिकरणले प्रिमियम महसुल लिन नपाउने बताएको छ ।

संसद्को भौतिक पूर्वाधार समितिको बैठकमा बोल्दै नियमन आयोगका सदस्य गौतम डंगोलले यस्तो बताएका हुन् ।

१६ असार २०७३ मा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले ६ घण्टा लोडसेडिङ भएको अवस्थामा ग्राहकहरुले २० घण्टाभन्दा बढी विद्युत् उपभोग गरेको रहेछ डेडिकेटेडसरह दर लागु हुन्छ भनेको छ । ‘यो सर्त पूरा भएको रहेछ भने उसले डेडिकेटेड सरह नै दर तिर्नुपर्ने हुन्छ । यो पूर्वसर्त पुगेको छैन भने तिर्नुपर्दैन,’ डंगोलले भने ।

नेपाल विद्युत् प्राधिकरणले निर्णय गरेर अगाडिदेखि नै डेडिकेटेड लाइनको महसुल लिँदै आएकोमा विद्युत् महसुल निर्धारण आयोगले महसुल निर्धारण नगरञ्जेल लागु हुँदैन भनेर अदालतले निर्णय गरेको अवस्थामा त्यो महसुल खारेज नहुञ्जेलसम्म कायमै रहने उनले बताए । तर, त्यसको अर्थ आयोगले तोकेको सर्त पूरा नभएको अवस्थामा पनि महसुल लिन पाइन्छ भनेको होइन ।

‘२०७५ सालमा प्राधिकरणले लोडसेडिङ अन्त्य गरे पनि विद्युत् नियमन आयोगले नयाँ दर निर्धारण गरेको थिएन । वा पुरानो दर खारेज गरेको थिएन । त्यसो हुँदा नयाँ दर निर्धारण नहुञ्जेलसम्म ०७२ कै दर लागू हुन्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने ।

विद्युत् नियमन आयोगले १ असार २०७७ मा मात्रै यस्तो महसुल खारेज गरेको कारणले त्यसअघिको अवधिमा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले ०७२ सालमा तय गरेको दर नै लागु हुने पनि उनले बताए ।

‘हामीले यसअघि नै विद्युत् महसुल निर्धारण आयोगको १०३ औं र १०८ औं बैठकका निर्णय कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरेका थियौं । १६ पुसमा पनि गरेका छौं । १०३ औंमा डेडिकेटेड र १०८ औंमा ट्रंक लाइन हुन आवश्यक पूर्वसर्त र दरहरु तय भएका छन्,’ उनले भने ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top