रास्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता सुमन बिक्रम पाण्डेले नुवाकोटका केहि विध्यार्थीहरुको अतिरिक्त सिकाईका लागि ल्यापटप वितरण गर्नु भएको छ ।
बिदेशी पर्यटकहरुबाट उपहार स्वरुप प्राप्त ल्यापटप नुवाकोट बेलकोटगढी -२,कुमरीको श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रलाइ हस्तान्तरण गर्नु भएको हो ।
उक्त ल्यापटप डेनमार्कको किप्लिंग ट्राभलले पाण्डेको स्वामित्वमा संचालित ट्राभल एजेन्सी एक्सप्लोर हिमालयन ट्राभल एण्ड एडभेन्चर मार्फत उपहार दिएका थिए ।
यसरि प्राप्त ४ थान ल्यापटपलाइ हिजो मंगलबार पुस्तकालयका प्रतिनिधिलाई पाण्डेले हस्तान्तरण गर्नु भएको हो ।