
हामी किन चिन्न सकिरहेका छैनौं हाम्रो सम्पदालाई र यहाँ पहाडमा रहेका विभिन्न किसिमका खनिजहरुको प्रयोगबाट प्रयाप्त मात्रामा आम्दानी गर्न सकिन्छ । पर्यटन व्यापारको रुपमा पनि हेर्दा नेपाल प्रचुर पर्यटकीय सम्भावना बोकेको देश हो । जसबाट विदेशी मुद्रा मनग्य आर्जन हुन्छ । नेपालको धर्म, सस्कृतिको पनि प्रचार- प्रसार हुन्छ । त्यस्तै ग्रामीण भेगमा व्यवसायीक सिप सिकेर पशुपालन तथा डोको, डालो बुनेर आर्थिक उन्नती गरिरहेको हामी पत्रपत्रीका, टेलीभिजनमा हेर्दै आइरहेका छौ।
कुनै पनि देशको विकासमा त्यसदेशको शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ । नेपालको शिक्षामा पनि नयाँ क्रान्ति ल्याउनु आवश्यक छ । यहाँको शिक्षा प्रणाली व्यवहारीक छैन । व्यवहारीक तथा प्रयोगात्मक शिक्षाको विकास भएको भए यस्तो वेरोजगारको स्थिती सायदै कम हुन्थ्यो होला । आधुनिक खेति प्रणालीबारे प्रचार तथा यसबारे सिपमुलक तालिम नलिएर हो कम खाद्यन्न सामाग्री वा जिवन धान्न पुग्ने खेति प्रणाली गरिरहेको हामी पाउन सक्छौं । यसको जिवनस्तर उठाउन राज्यस्तरबाटै सिप तथा तालिमको व्यवस्था हुनु जरुरी छ ।
त्यसैगरी नेपाल जडिबुटी स्रोतको लागी पनि सम्पन्न देश हो । यहाँका जडिबुटीहरुलाई पहिचान गर्न नसकेर वा त्यसको महत्व थाहा नपाएका कारण कच्चा पदार्थका रुपमा बाहिर जान्छन् भने त्यहि कच्चा पदार्थबाट बनेको औषधी हिराको मुल्य तिरेर किन्नुपने बाध्यात्मक अवस्था छ।
हामीले सिप सिकेर आफैमा सक्षम भएर स्थानिय स्तरमा रहेका स्रोत तथा साधनको पहिचान, परिचालन र प्रयोग गर्न सकेमा नत विदेशीको मुख ताक्नु नै पर्छ नत रोजगारीका लागी भौतारीनु नै ।