काठमाडौँ — सीआईबीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा आफ्नो नाममा गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी लाइ आज छाडिएको छ। उनि सहित तीन जनालाई आज छाडिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार छाडिएकाे भने पनि चौधरीमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान भने कायमै रहने छ ।
चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुर छुटेका छन् ।