०८ जेठ २०८१, मंगलबार

नुवाकोटमा सालको रुख काट्न पाइने

Facebook
Twitter
WhatsApp

२२ वर्षअघि लगाइएको निजी जग्गाको सालको रूख कटानको प्रतिबन्ध खुला भएको छ। सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार ०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर ०८० मंसिर ७ मा जनाएसँगै सालको रूख कटानको अवरोध हटेको हो।

यससँगै नुवाकोटमा निजी वन दर्ताको क्रम सुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिइन्। उनका अनुसार यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै सुरु भएको छ। ‘निजी जग्गामा हुर्किएका सालको रुख काट्न वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएको छ,’ डिभिजनल वन अधिकृत पोखरेलले भनिन्, ‘दर्ता भएका निजी वनको सालका रुख तोकिएको कानुनी प्रक्रिया पूरा गरेर देशभर बिक्री गर्न पाइन्छ।’

वन ऐन, २०७६ र नियमावली, २०७९ अनुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसँगै नुवाकोटको विदुर नगरपालिका र लिखु गाउँपालिकामा सालका रुख हुर्काउँदै आएका किसानले निजी वन दर्ता गर्न सुरु गरेका छन्। डिभिजन वन कार्यालयको सिफारिसमा आवश्यक लगत खडा गरेर पालिकाबाट दर्ता प्रमात्रपत्र पाइने व्यवस्थाअनुरूप जिल्लाको अन्य पालिकाले पनि निजी वनको दर्ताका लागि आवश्यक कानुनी प्रक्रिया खुला गरेर तयारी अघि बढाएको पोखरेलले जानकारी दिइन्। उनका अनुसार रुख कटानका लागि स्थान र उद्देश्यअनुसार पालिका वा वन कार्यालयको सिफारिसमा निजी जग्गाको सालको रुख काट्न पाइने भएको हो।

बागमती प्रदेशभित्रको जिल्लामा सालको रुख काट्न ‘निजी वनको सालको रुख उपयोगसम्बन्धी कार्यविधि, २०८०’ मा निर्धारण गरिएको छ। उक्त कार्यविधि प्रदेशको वन तथा वातावरण मन्त्रालयले हाल राय तथा सुझाबका लागि मातहतका निकायमा पठाएकाले छिट्टै लागू गर्ने जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top