नुवाकोटका दुइ जना अपहरणकारी पक्राउ

Facebook
Twitter
WhatsApp

जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपहरण कसुरमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्रबहादुर तामाङ रहेका छन् ।

ककनी गाउँपालिका–४ का ५६ वर्षीय सूर्यबहादुर तामाङलाई बन्धक बनाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, यही माघ २२ गते राति बा६ज ७७७९ नम्बरको गाडीमा जाँदै गरेका सूर्य बहादुरको गाडी सहित उनीहरूले अपहरण गरेका थिए । उनीहरूले काउलेदेखि ककनी जाने सडकबाट अपहरण गरेर पञ्चकन्याको कबिलास जाने सडकको एकान्तमा लगेर बन्धक बनाई फिरौती रकम मागेका प्रहरीले जनाएको छ ।

खटिएको प्रहरी टोलीले फिरौती रकम लिन आएको अवस्थामा दुवै जनालाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको हो । सूर्यबहादुरलाई सकुशल अपहरणमुक्त गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ परेका विरुद्ध प्रहरीले जिल्ला अदालत नुवाकोटबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन म्याद थप अनुमति लिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top