नुवाकोटका ६ वर्षीय बालक जो झण्डा हेरेर विश्वका सबै देशको नाम भन्न सक्छन

Facebook
Twitter
WhatsApp

काठमाडौँ । नुवाकोट तारकेश्वर गाउपालिका वार्ड नं २ स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका नाम झन्डा हेरेरै पहिचान गर्न सक्छन। यति मात्र नभई उनले ती देशमा रहेका टापुहरू समेत सजिलै चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापा (अधिकारी)ले छोरा विश्वासले आफैँ स्वअध्ययनले ती देशहरूको झन्डा र टापुहरू चिनेको बताइन् ।

अब आफूहरूको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरूप ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताइन् ।
‘हाम्रो लक्ष्य भनेको अब उसको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा लेखाउने नै हो’ उनले भनिन् ।

विश्वास जोरपाटीस्थित इष्ट पोल स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झन्डाहरू देखाइएको थियो । उनले ती झन्डाहरू सहजै चिनेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top