- यातायात ब्यवस्था कार्यलयमा भएको चरम अनिमितता र भ्रष्टाचारका विरुद्ध ४८ घण्टे अल्टिमेटम सहित एमाले निकट बाँके अनेरास्ववियु बाँके ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

बिगत केहि समय देखि बाँके जिल्ला मा चरम भ्रष्टाचारको स्वरुप यातायात ब्यवस्था कार्यालय बनेको छ। लाइसेन्सको नाममा विभिन्न रेट तोक्दै लाइसेन्स निकाल्दिन्छु भनेर भ्रष्टाचार गर्दै आएको प्रमाणहरु फेला परेका छन ।
यहि बिषयलाई लिएर अनेरास्ववियु बाँकेका युवाहरूले आज सिडियो समक्ष ४८ घण्टे अल्टिमेटम सहित अनेरास्ववियु का बाँके जिल्ला का अध्यक्ष प्रकाश बि क को नेतृत्वमा ज्ञापन पत्र बुझाएका छन ।
यस्ता किसिम का भ्रष्टाचार का काम हरु भइरहदा पनि अहिलेसम्म कसैले कदम नचालेको र यो कार्य को ४८ घन्टा भित्र निस्कर्ष नाअए आन्दोलन समेत गरेर चेतावनी दिने अनेरास्ववियु बाँके का अध्यक्ष प्रकाश बिक ले बताए ।
