नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका बिरुद्द परेको शिक्षक सरुवा रिटमा अन्तत पालिका अध्यक्षले जितेका छन्। अदालतले पालिकाको गत भाद्रमा गरेको शिक्षा सरुवाको निर्णय पालिकाको आफ्नो क्षेत्राधिकार भित्र परेकोले सोको विषयमा अदालती प्रकियामा जानु उचित नदेखिएको भन्दै हिजो रिट नै खारेज गरिदिएको हो।
मुलुक संघात्मक व्यवस्थामा आएदेखि शिक्षा क्षेत्र सम्बन्धित स्थानीय निकाय अन्तर्गत रहने ब्यबस्था छ,अदलतले सोहि प्राबधानमा टेकेर फैसला गरेको देखिन्छ।
रिट परे पश्चात पनि गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरोधमा उच्च अदालत पाटनमा परेको रिटमा शिक्षहरुलाई सरुवा नगर्न अन्तरिम आदेश भएसँगै काज शिक्षक सरुवा रोकिएको थियो ।
केहि महिना अघि मात्र पालिकाका सरुवामा परेका शिक्षकहरुले उच्च अदालतमा शिक्षक सरुवा बदर गरिपाउँ भनि रिट निवेदन दिएका थिए ।
सो रिट निवेदनका विषयमा बहस गर्दै उच्च अदालत पाटनका न्यायाधीश विष्णुप्रसाद तिवारीको इजलासले तारकेश्वर गाउँपालिको नाममा अन्तरिम आदेश जारी गर्दै शिक्षक सरुवाको कारण समेत माग गरेको थियो ।
हिजो मात्रै न्यायाधीश द्वय ऋषिराम दवाडी र कैलास सुवेदीको ३ नं इजलासले गाउँ सरकारले गरेको निर्णय कानुनसम्मत भएको भन्दै रिट खारेज गरेको हो ।
गाउँपालिका अध्यक्ष शिब अधिकारीले शिक्षा क्षेत्रलाइ चलायमान बनाउने भन्दै ८६ जना शिक्षकलाई अन्तरविद्यालय सरुवा गरेका थिए । शिक्षक सरुवाका विषयमा सबै शिक्षक संघ संगठन र बिभिन्न राजनीतिक दलहरुले समेत विरोध जनाएका थिए ।
अदालतमा परेको रिट खारेजी सगै अब शिक्षकहरु सरुवा तोकिएको विद्यालयमा अध्यायापन गराउन जानु पर्नेछ।
गाउँपालिका अध्यक्ष शिव अधिकारीले सम्मानित अदालतले नै विवादको निरूपण गरि दिएकाले सरुवा कार्यान्वयन हुन बाँकी रहेका सबै शिक्षकलाई यथाशीघ्र रमाना दिन र हाजिर गराउन सबै विद्यालय प्रशासनलाई र तत्कालै तत् तत् स्थानमा हाजिर भई काममा खटिन शिक्षकहरूलाई निर्देशन दिएका छन् ।