अब नेपालीले भारतीय सिमकार्ड सजिलै पाउने

Facebook
Twitter
WhatsApp

प्रवास । भारत भ्रमणमा जाने नेपालीलाइ अबदेखि भारतले आफ्नो देशको भारतीय सिमकार्ड सजिलै दिने भएको छ । भारतले कानून संशोधन गरेर नेपाली र भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सिमकार्ड उपलब्ध गराउने व्यवस्था गरेको हो।

यसअघि नेपाली र भुटानीलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सिमकार्ड उपलब्ध गराइन्थ्यो ।

तर, अब सम्बन्धित देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा ती मुलुकमा रहेका राजदूतावासले उपलब्ध गराएको फोटोसहितको परिचयपत्रमध्ये कुनै एउटा कागजातको आधारमा पनि भारतीय सिमकार्ड उपलब्ध गराइने छ ।

तर त्यस्ता सिमकार्ड तीन महिनासम्म मात्र सक्रिय हुने बताइएको छ । त्यसपछि पनि आवश्यक परे नवीकरण गर्न सकिनेछ।
भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले सिमकार्ड उपलब्ध सम्बन्धमा सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top