प्रा.डा. चित्रबहादुर बुढाथोकी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त हुदै

Facebook
Twitter
WhatsApp

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त हुने भएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईसहितको सिफारिस समितिले गत आइतबार त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष उपकुलपति नियुक्तका लागि बुढाथोकीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये बुढाथोकीलाई त्रिविको उपकुलपतिको जिम्मेवारी दिने निर्णय प्रधानमन्त्री प्रचण्डले गरेको निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रा.डा बुढाथोकीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय भइसकेको छ ।नियुक्ति पत्र तयार गर्ने काम भइरहेकाले सकभर आजै त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा बुढाथोकीलाई दिइने छ । त्रिवि उपकुलपतिका लागि आह्वान गरिएको विज्ञापनमा दुई महिलासहित ४३ जनाले उम्मेदवारी दिएका थिए ।

जसमध्ये १४ जनालाई सर्ट लिस्टमा समेटिएको थियो । सर्ट लिस्टमा परेका १४ जनामध्ये अन्तर्वार्ता, प्रस्तुति करणलगायत सबै मापदण्ड पूरा गरेर उच्च अंक प्राप्त गर्ने प्रा.डा चित्रबहादुर बुढाथोकी, प्रा.डा केशरजंग बराल र प्रा.डा टंकनाथ धमलाको नाम सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top