पोखरा महानगरका मेयर धनराज आचार्यले झण्डापार्ककोव हिजो सोमबार उद्घाटन गरेका छन्।
पोखरा महानगरको ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएसंगै पोखरामा एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको छ ।
लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एमले ७० लाख रूपैयाँ खर्च गरेर झण्डा पार्क बनाएको जनाएको छ।
उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण भएको छ । अन्तर्राष्टि«य झण्डा पार्क उद्घाटन तथा हस्तान्तरण समारोहका बीच लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई उक्त झण्डापार्कका साँचो हस्तान्तरण गरेका हुन् ।
झण्डापार्कमा संयुक्त राष्ट्र संघमा आवद्ध देशहरूका झण्डा राखिएका छन्। यी देशहरूका बीचमा लायन्स क्लब इन्टरनेशनलको झण्डा पनि राखेका छन्।
पोखरा महानगरको २०७९ पुष १९ गते बसेको ८ औं कार्यपालिका बैठकले पुस्तकालय भत्काएर झण्डा पार्क बनाउने निर्णय गरेको थियो। उक्त निर्णयमा लायन्स क्लबलाई झण्डा पार्क बनाउन दिने निर्णय भएको थियो।
पार्कको उद्घाटन गर्दै मेयर आचार्यले विश्वभरका झण्डा राखिएपछि महेन्द्रपुल पर्यटकीय गन्तव्य बनेको दाबी गरे। पोखरा आउने विभिन्न देशका पर्यटकले आफ्नो देशको झण्डामुनि बसेर फोटो खिच्ने उनको जिकिर छ।
मेयर आचार्यले झण्डा पार्कसंगै व्यवस्थित पार्क, सौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवं डिजिटल डिसेप्ले लगायतका संरचना संगैरहने जानकारी दिए ।
झण्डा पार्कले विश्वबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने मेयर आचार्यले बताए। जोकोहीलाई पनि आफ्नो राष्ट्र र राष्ट्रियता प्यारो हुने भन्दै जोसुकैले पनि झण्डापार्कको अपनत्व महसुस गरेर आफ्नो राष्ट्रको स्मरण गर्ने उनको भनाई छ ।
अन्तराष्टिय निर्देशक बालकृष्ण बुर्लाकोटीले पोखराआफैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको बताए । उनले झण्डा पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसंघको र लायन्स क्लवका संस्थापकको समेत सम्मान भएको बताए ।