नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी – नुवाकोटले पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी शनिबार फागुन १९ गते नुवाकोटको पन्चकन्या गाउपालिका वार्ड नं ४ मा रहेको घले भन्ज्यांग घाङ्गस्वाँरामा गरिने भएको हो।
पिकनिकको संयोजन रास्वपा पन्चकन्या गाउपालिकाले गरेको छ भने सह-आयोजकमा रास्वपाको ११ वटै स्थानिय तह रहेका छन्। पिकनिक कार्यक्रमको उदेश्य आपसी भाईचारा,चिनजानका साथै आगामी रणनीतिहरुको बारेमा समेत एक आपसमा छलफल हुने आयोजक कमिटीले जनाएको छ। यसका साथै मनोरन्जात्मक सास्कृतिक कार्यकमहरु समेत हुनेछ।
पिकनिक कार्यक्रममा उपस्थिति हुन रास्वपा नुवाकोटले सम्पूर्ण सदस्य देखि शुभचिन्तक ,समर्थक सबैलाई आब्हान समेत गरेको छ।
कार्यक्रममा रास्वपाका सबै स्थानीयतह ,जिल्ला ,प्रदेश र केहि केन्द्रिय स्तरका नेताहरुको समेत उपस्थिति रहने जनाइएको छ। कार्यक्रम बिहान ७ बजे बात सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा जान यातायातको प्रबन्ध भने सहभागी आफैले ब्यबस्थापन गर्नुपर्नेछ।